नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक

काठमाडाैं | पुस ५, २०८१

नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक

काठमाडौं:    मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र बङ्गलादेशबीचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन ।
    

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपाल र बङ्गलादेशबीचको खेल ११ः४५ बजेदेखि हुने भनिए पनि वर्षाका कारण अहिलेसम्म सुरु हुन सकेको छैन । 


यस खेलमा बङ्गलादेशलाई हराउन सके नेपालले शीर्ष दुईमा स्थान बनाउन सक्ने छ । वर्षाका कारण १ १ अङ्क बाँडे बङ्गलादेश रनरेटका आधारमा शीर्ष २ मा पुग्नेछ ।  
    

यसअघि नेपाल समूह ‘बी’ को उपविजेता तथा बङ्गलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा प्रवेश गरेका हुन् । सुपर फोरको पहिलो खेल पनि वर्षका कारण रद्द हुँदा नेपालले श्रीलङ्कासँग अङ्क बाँडेको थियो । बङ्गलादेश भने भारतसँग आठ विकेटले पराजित भएको थियो ।  

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्